१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७७, शनिबार ०६:३१

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन थालेको हो ।

कांग्रेसले आज देशभरका ३ सय ३० ठाउँमा विरोधसभा तथा प्रदर्शन गर्दैछ । कांग्रेसका नेताहरु आफ्नो क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुनेछन । काठमाडौंमा पनि विभिन्न ठाँउमा प्रदर्शन तथा सभा आयोजना गरिएको छ ।

बानेश्वरमा प्रकाशमान सिंह, चाबहिल र कपनमा गगन थापा तथा प्रदर्शनीमार्गमा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने नेपाली कांग्रेसले जानकारी दिएको छ ।