१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दाहाल आज स्वदेश फर्कँदै

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७७, शनिबार ०६:३७

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि मुम्बइ पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै छन् । उनी गत सोमबार मुम्बई गएका थिए ।

पत्नीको उपचार प्रक्रिया अघि बढेकाले छोरीहरुलाई छोडेर उनी फर्कन लागेको बताइएको छ। उपचारका क्रममा केही जटिलता भए मात्रै दाहाल पुनः मुम्बइ फर्किने बताइएको छ ।

सीताको मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार भैरहेको छ । उनको न्यूरोसर्जन डाक्टर आलोक शर्माको टोलीले उपचार गरिरहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छन् ।