१५ बैशाख २०८१, शनिबार
Follow Us

श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७७, शनिबार ०६:४०

काठमाडौँ । गएराति काठमाडौँको टोखामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरी आत्महत्या गरेकी छन् । केही हप्ता अघि अमेरिकाबाट काठमाडौँ फर्किएका उमेश केसीको आफ्नै श्रीमती सुदिक्षा गिरीले हत्या गरेकी हुन् । श्रीमानको हत्यापछि सुदिक्षा गिरीले पनि झुण्डिएर आत्महत्या गरेकी छन् ।

स्थायी घर सुर्खेत भएका उनीहरु टोखास्थित ग्राण्डी अस्पताल नजिकैको एक हाउजिङमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार गए राति नै शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । रिपोर्ट पछि मात्रै विस्तृत विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ ।