१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा गौतम नियुक्त

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७७, शनिबार १३:०५

काठमाडौं । नेपाली कांग्रेसले जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार गंगाधर गौतमलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नियुक्त गरेको छ । प्रतिष्ठान प्रमुख पार्टी उपसभापति विमलेन्द्र निधिले उनलाई विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिको संयोजक पदमा नियुक्ति गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेस पार्टीसँग आबद्ध विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुमा प्रतिष्ठानका तर्फबाट नीति, अनुसन्धान तथा प्रशिक्षणसम्बन्धी कार्य गर्न गराउन र समन्वय गर्न गौतमलाई संयोजकमा नियुत्त गरिएको हो ।

नेपाली जनसम्पर्क समिति कायम रहेका सबै देशमा १–१ जना शाखा प्रमुख नियुक्त गरी आवश्यक कार्य गर्न गराउने अधिकार गौतमलाई दिइएको छ । प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशक र सम्बन्धित निर्देशकको निर्देशन, समन्वय र सम्पर्कमा रही पार्टीको हितमा प्रतिष्ठानको कार्य गराउने जिम्मेवारीसमेत तोकिएको छ ।