१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री क्रान्तिकारी होइनन्, भगौडा हुन् : गगन थापा

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७७, शनिबार १३:११

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् ।

संसद विघटनको विरोधमा शनिबार काठमाडौँ क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने बाटोमा हिँड्ने प्रधानमन्त्री क्रान्तिकारी हुनै नसक्ने उनको भनाइ छ।

उनले भने संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्दै सक्दैनथ्यो । त्यसैले संसद भंग गरेँ भन्ने रु’ प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन पश्चातको सम्बोदनमा हामी क्रान्तीकारी हौँ भन्दै गरेको सम्बोदनलाई सम्झदै उनले अघि भने , ‘प्रधाननमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हो । क्रान्तिकारी भए अविश्वासको प्रस्ताव सामना गर्नुहुन्थ्यो।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन असंवैधानीक भन्नेहरुलाई भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए । थापाले त्यसको पनि जवाफ दिए र खुलामञ्चमा संविधान पढ्न आउन चुनौती दिए ।

उनले अघि भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौँ, खुलामञ्चमा जनताको बीचमा संविधान पढौँ ।’ उनले संसद विघटन असंवैधानिक मात्र होइन, गैर जिम्मेवार कदम भएको बताए ।