१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘गुडबाई’ लेखेर लण्डनमा एक नेपालीद्धारा आत्महत्या

नेपालब्रिटेन डट कम्
२५ पुष २०७७, शनिबार १९:२१

विदेशमा बढ्दो आत्महत्या

लण्डन । बेलायतमा एक जना नेपालीले आत्महत्या गरेका छन् । लण्डनको एजेजेरमा बस्दै आएका ३२ वर्षीय बद्री केसीले रुखमा झुण्डिएर आत्म हत्या गरेको बताएको छ ।

स्थानिय गायक र कलाकारको रुपमा चर्चित केसीले शनिवार विहान ‘गुडबाई वल्र्ड’ फेसबुक स्टाटस लेखेर आत्महत्या गरेका हुन् ।

शुक्रबार दिउँसो करिब पौने ४ बजे निराश भावको फेसबुक स्टाटस लेख्दै आफ्ना साथी, परिवार र संसारलाई नै ‘गुडबाई’ लेखेका केसी आफै काम गर्ने स्थानीय मिल हिल स्कुलको हाताको सुनसान ठाउँमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

कोरोना भाइरसको कहर पछि विदेशमा रहेका नेपालीमा मानसिक रोग देखिन लागेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ । आत्महत्या बढे पछि संघले सो रोक्नका लागि संसारभर रहेका नेपालीहरुलाई भर्चुअल तालिम दिदै आएको छ । यसै साता प्रोतुगलमा एक जना नेपालीले आत्महत्या गरेका थिए ।