१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए विषेश अधिबेशनः साढे २१ सय प्रतिनिधी दर्ता

नेपालब्रिटेन डट कम्
२५ पुष २०७७, शनिबार २०:४८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को जनवरी अन्तिम साता हुने विशेष महाधिवेशनको लागि प्रतिनिधी दर्ता हुनेक्रम जारी छ ।

गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म ५५ देशका करिब साढे २१ सय जनाले सो महाधिवेशनमा भाग दिन नाम गर्दा गरेका छन् । संघका अनुसार उनीहरुको भेरिफिकेशन गर्न बाँकीनै रहेको छ ।

ती मध्ये सन् २०१९ को विश्व सम्मेलनमा भाग लिएका ८० प्रतिशत प्रतिनिधीहरुले सम्मेलनका लागि नाम लेखाएका हुन् ।

सो अधिवेशनमा भाग लिन ईच्छुकहरुको नाम दर्ता गर्न संघले भोलि (१० जनवरी) सम्मको म्याद दिएको छ ।

गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिबाट प्राप्त ती प्रतिनिधीहरुलाई फेरिफिकेशन पछि अन्तिम रुप दिइने संघले जनाएको छ ।

संघको विशेष महाधिवेशन आगामी जनवरी २३ र २४ तारिख भरर्चुअल माध्यबाट हुदैछ । सो अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गर्दैछन् ।