१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७७, सोमबार ०५:३७

काठमाडौं । राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारी तहबाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

तर सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिदैछ । नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।

नागरिकस्तरबाट राजधानीको शान्तिवाटिकावाट बृहत र्‍यालीको समेत आयोजना गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि छुट्टै कार्यक्रम आयोजना गरेको छ । नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनो छन् ।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

राष्ट्र निर्माताको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन समेत माग हुँदै आएको छ ।