१३ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचन आयोगबाट दाहाल–नेपाल समूहले पार्टी एकताको कागजपत्र लियो

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७७, सोमबार ११:१८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहलाई पार्टी एकता र त्यसपछिका सबै कागजात माग गरेको छ । दाहाल–नेपाल समूह सोमबार निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेको थियो । २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछिका सबै कागजातको एकप्रति माग गरेको थियो ।

निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्ष निर्वाचन आयोग पुगेको थियो । निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड(नेपाल पक्ष आयोग गएको हो।

आयोगले पुस १७ गते पठाएको पत्रप्रति आपत्ति जनाएको यो समूहलेलाई आयोगले फेरि २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। यो समूहले भने आधिकारिक नेकपा आफू नै भएको दावी गरेको छ।

दाहाल-नेपाल पक्षको आग्रहलाई आयोगले भने अस्वीकार गरेको छ। आयोगको तटस्थतामा शंका नगर्न भन्दै आयोग पदाधिकारीहरूले सरकारले निर्वाचनको मिति तोकेपछि आफूहरूले काम अघि बढाउने बताएका थिए।

अदालतले निर्वाचन रोक्न भनेको बेलामा बाहेक निर्वाचनको कार्यक्रम नरोकिनेसमेत आयोग पदाधिकारीहरुले स्पष्ट पारेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गरेका थिए।