१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए विशेष महाधिवेशनः २ हजार ६३८ प्रतिनिधि दर्ता (कुन देश कति)

नेपालब्रिटेन डट कम्
२७ पुष २०७७, सोमबार १५:४९

लण्डन । गैर आवासीय नेपाली संघको विशेष महाधिवेशनको लागि २ हजार ६ सय ३८ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
यसका लागि संघले जनावरी १० सम्म प्रतिनिधि दर्ताको लागि समय सिमा तोकेको थियो । म्यादको अन्तिम दिन अर्थात जनवरी १० सम्म २ हजार ६३८ जनाले प्रतिनिधि हुनको लागि फर्म भरेको संघले जनाएको छ ।

संघका महासचिव डा हेम राज शर्माका अनुसार प्राप्त नामहरुको विवरण सहित सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई प्रमाणीकरणको लागि पठाइएको छ ।

ती नामहरुलाई राष्ट्रिय समितिले प्रमाणीकरण गरे पछि मात्र उनीहरुको नाम औपाचारिक रुपमा सार्वजनिक गरिने छ ।

गैर आवासीय नेपाली संघको बिशेष महाधिवेशन यहि जनावरी २३ र २४ तारिखमा हुँदैछ । अधिवेशनमा आर्थिक र विधान प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ ।

कुन देशबाट कती प्रतिनिधि ?

AUSTRALIA 190
AUSTRIA 62
BAHRAIN 53
BELGIUM 123
CANADA 100
CHINA 23
CYPRUS 23
CZECH REPUBLIC 30
DENMARK 75
FINLAND 6
FRANCE 32
GERMANY 68
HONG KONG 91
IRELAND 48
ISRAEL 5
ITALY 10
JAPAN 120
KENYA 1
KOREA (SOUTH) 128
KUWAIT 123
LUXEMBOURG 5
MACAU 97
MALAYSIA 33
MALTA 10
NETHERLANDS 53
NEW ZEALAND 142
NIGERIA 2
NORWAY 35
OMAN 18
POLAND 22
PORTUGAL 105
QATAR 116
RUSSIA 62
SAUDI ARABIA 106
SEYCHELLES 5
SOUTH AFRICA 2
SPAIN 66
SWEDEN 13
SWITZERLAND 15
TANZANIA 1
THAILAND 2
U.K. 167
U.S.A. 180
UAE 60
UGANDA 5
VIETNAM 3
ZAMBIA 2
Grand Total 2638