१३ बैशाख २०८१, बिहीबार
Follow Us

जापानका ८० प्रतिशत बढी नागरिकले दिए ओलम्पिक नगर्न सुझाव

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७७, मंगलवार ०५:१०

टोकियो । टोकियो ओलम्पिक आयोजना हुने नहुने अन्योल बढेको छ । कोरोना भाइरस महामारी नियन्त्रणमा नआइसकेको भन्दै आयोजक राष्ट्र जापानका सर्वसाधारणले ओलम्पिक आयोजना नगर्न सुझाव दिएसँगै खेलको अन्योलता बढेको हो ।

जापानका ८० प्रतिशतभन्दा बढी नागरिकले ओलम्पिक नगर्न सुझाव दिएका छन् । सन् २०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण यो बर्षलाई सारिएको थियो । जुलाई २३ बाट खेल हुने तालिका भएपनि धेरैले खेल रद्द गर्न सुझाव दिएका छन् ।

खेलसम्बन्धी संघसंस्थाले पनि निर्धारित समयमै खेल हुनेमा आशंका गरेका छन् । पछिल्लो पटक जापानमा कोरोनाको संक्रमणदर बढेपछि खेल थप अनिश्चित भएको छ ।

कोरोना संक्रमणकै कारण ओलम्पिक टर्च र्‍याली समेत एक महिना पछि सारिएको छ । तर जापान सरकारले भने टोकियो ओलम्पिक पूर्वघोषित तालिकाअनुसार नै हुने बताउँदै आएको छ ।