७ बैशाख २०८१, शुक्रबार
Follow Us

संसद बिघटन असंवैधानिक भन्दै संविधान पढेर बिरोध प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७७, मंगलवार १२:११

काठमाडौ । संसद बिघटन असंवैधानिक भएको भन्दै युवाहरुले संविधान पढेर बिरोध प्रदर्शन गरेका छन् । नेपाली काग्रेस युवा प्रचार नेटवर्क आवद्ध बिद्यार्थीहरुले संविधानमा हुदै नभएको प्रावधानलाई टेकेर संसद बिघटन गरिएको भन्दै मंगलबार काठमाडौंको माइतीघरमा संविधान पढेर विरोध प्रर्दशन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले संविधान भित्र संसद बिघटनको व्यवस्था खोज्दै रचनात्मक विरोध गरेका थिए । मुलुकमा हत्या हिंसा बलात्कार, भ्रष्टचारका घटना बढ्दा सरकार भने पदको जाडघटाउमा लागेको उनीहरुको आरोप छ । लामो समयपछि संविधान मुलुकमा जारी भएको संविधानमाथि सरकारले कु गरेको आरोप उनीहरुले लगाए ।

मुलुकमा हत्या हिंसा बलात्कार, भ्रष्टचारका घटना बढ्दा सरकार भने पदको जाडघटाउमा लागेको उनीहरुको आरोप छ । उनीहरुले सरकारको कदमले लोकतन्त्र खतरामा परेको तर्क समेत गरे ।