१५ चैत्र २०८०, बिहीबार
Follow Us

घरजग्गा कारोवारी सुधिर बस्नेत पक्राउ

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार ०७:३४

काठमाडौं । सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरी फरार रहेका घरजग्गा कारोवारी सुधीर बस्नेतलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतको फैसला कार्यान्वयन इकाई र प्रहरीको टोलीले धापासीस्थित घरबाट गए राती ११ बजे पक्राउ गरेको हो ।
बैंकबाट लिएको ऋण नतिरी फरार भई भारत बस्दै आएका बस्नेत मंगलबार नेपाल आएर घरमा बसिरहेको अवस्थामा प्रहरीको टोलीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
कोहिनुर हिल हाउजिङ एण्ड कोहिनुर बिल्डर्सका नाममा बस्नेतले विभिन्न बैंकबाट ७० करोड रुपैयाँ ऋण लिएका थिए । राष्ट्रिय वाणिज्य बैंकबाट २१ करोड ७१ लाख, प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकबाट ७ करोड ३६ लाख रुपैयाँ ऋण लिएका थिए ।
त्यस्तै एनआईसी एसिया बैंकबाट २० करोड एक लाख, नबिल बैंकबाट १४ करोड ६ लाख र सिद्धार्थ बैंकबाट ६ करोड १५ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिने र नतिर्ने गर्दै आएका बस्नेतलाई दुई वर्ष कैदको सजाय सुनाएपछि उनी भारतमा लुक्दै आएका थिए ।