१४ बैशाख २०८१, शुक्रबार
Follow Us

४३० संक्रमित थपिए, थप ५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७७, मंगलवार १२:१५

काठमाडौ । नेपालमा मंगलबार थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको छ । ५ हजार ३ सयको पीसीआर परीक्षण गर्दा १ सय ७७ महिला र २ सय ५३ जना पुरुषमा संक्रमण भेटिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

त्यस्तै मंगलबार थप ३ सय ९० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५९ हजार ३५८ जना संक्रमित निको भएका छन् । नेपालमा निको हुने दर ९७ दशमलब ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ । हाल नेपालमा २ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिले देशभर ४ हजार ४०८ सक्रिय संक्रमित रहेका छन ।