१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा २८ लाखले लिए कोरोना बिरुद्धको खोप

नेपालब्रिटेन डट कम्
२८ पुष २०७७, मंगलवार १८:४५

लण्डन । बेलायतमा २८ लाख भन्दा बढीले कोरोना बिरुद्धको खोप लिएका छन् । बेलायतको स्वास्थ्य विभागका अनुसार मंगलबार सम्ममा २८ लाख ४३ हजार ८१५ जनाले खोप लिएका हुन् ।

बेलायतमा अहिले राष्ट्रव्यापी रुपमा फाइजर र अक्सफोर्डको खोपलाई धमाधम दिन थालिएको छ ।

हाल चार लाख १२ हजार १६७ जनाले खोपको दोस्रो डोज समेत लिएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा थप १ हजार २४३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ हजार २०३ पुगेको छ । बेलायतमा अहिले राष्ट्रिय लकडाउनको घोषणा गरिएको ।