११ बैशाख २०८१, मंगलवार
Follow Us

म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७७, बुधबार ०३:३४

लन्डन । म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा बर्नलीलाई एक शुन्यले हराउदै युनाइटेड अंक तालिकाको शिर्ष स्थानमा पुगेको हो ।

युनाइटेडका लागि पउल पोग्बाले निर्णायक गोल गरे । जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।

गएराति नै भएको अर्को खेलमा एभर्टनले उल्भ्सलाई दुई–एक गोल अन्तरले पराजित गरेको छ । एभर्टनका लागि एलेक्स इओबी र माइकल किन तथा उल्भ्सका लागि रुबेन नेभेसले गोल गरे ।

एभर्टन १७ खेलमा ३२ अंक सहित लिगको चौंथो स्थानमा उक्लिएको छ । उल्भ्स २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ । राति नै भएको अर्को खेलमा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई एक–शुन्य गोल अन्तरले पराजित गरेको छ ।