१५ बैशाख २०८१, शनिबार
Follow Us

माओवादी केन्द्रले छलफललाई निरन्तरता दिने

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार ०७:३६

काठमाडौं । माओवादी केन्द्रले संसद र संबिधान संसोधनका विषयमा देखिएको गतिरोध अन्त्यका लागि दलीय छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । आज विहान बसेको माओवादी केन्द्रिय कार्यालयको बैठकले प्रमुख प्रतिपक्षि एमाले लगायतका दलसँग सहमतिका लागि छलफललाई निरन्तरता दिने निर्णय गरेको हो । सहमतिका लागि भएका प्रयास सार्थक हुन नसके संसदीय प्रक्रियाद्वारा संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । संबिधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको निस्कर्ष सहित माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचन मिति पछि छिट्टै तय गर्नुपर्ने ठहर गरेको छ ।