१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाललाई २ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप दिन रुस तयार

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७७, बुधबार ११:५४

काठमाडौं । रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसको विदेश मन्त्रालयले स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको जनाएको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले उल्लेख गरेको छ ।

रुसले विकास गरेको स्पुतनिक–भी खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको बताइएको छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर तोकिएको छ । यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशमा दिन थालिसकिएको छ । पचास भन्दा बढी मुलुकले यसको डेढ अर्ब डोज माग गरिसकेका रुसले जनाएको छ ।