११ बैशाख २०८१, मंगलवार
Follow Us

४४५ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७७, बुधबार ११:५७

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ४ हजार १५४ नमुनाको पीसीआर परीक्षण गरिएकोमा ४४५ जनामा कोरोना भाइरस संक्रमण लेखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याकंमा उल्लेख छ ।

मन्त्रालयका अनुसार बुधबार ४१४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ।