७ बैशाख २०८१, शुक्रबार
Follow Us

ओलीले जी न्युजलाइ दिएको अन्तर्वार्ता नौटंकी : दाहाल

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७७, बुधबार १२:०२

काठमाडौ । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दाबी गरेका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आधिकारी नेकपा आफूहरु भएको बताउँदै सूर्य चिन्ह आफुहरुले नपाए आँधीबेहरी ल्याउने चेतावनी दिए ।

अध्यक्ष दाहालले केपी ओलीले संविधान मिचेर छुरा धसेजस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने चेतावनी समेत दिए । पार्टी एकता गर्दा हतार नगरेको भन्दै दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको दाबी गरे । उनले ओली यथार्थ भन्दा बाहिर गएर नौटंकी गरिरहेको भन्दै ओलीका तर्क सुन्दा जोकर भएको जस्तो लाग्ने बताए ।

अध्यक्ष दाहालले केपी ओलीले संविधाान मिचेर छुरा धसेजस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने चेतावनी समेत दिए । उनले बैठकमा नआउने ओली भगौडा भएका भन्दै ओलीको काम लाजमर्दो रहेको आरोप लगाए । उनले संसद विघटन भारतको इशारामा गरेको हो भनी प्रश्न समेत गरे ।

सगरमाथाको नाम परिवर्तन गर्ने भारतीय प्रयास भन्दै जिन्युजको अभियानको पनि उनले आलोचना गरे । उनले जिन्युजका सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्तालाई नौटंकीको संज्ञा पनि दिए ।