१३ बैशाख २०८१, बिहीबार
Follow Us

ऊर्जा क्षेत्रको लागि एमसीसी पर्खेर बस्न नहुने : रायमाझी

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७७, बुधबार १२:११

काठमाडौ । ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामका निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्न नहुने बताएका छन् । मन्त्री भएको भोलिपल्टै एमसीसी जसरी पनि अनुमोदन गर्नुपर्ने धारणा राखेका मन्त्री रायमाझीले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा भने ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने बताएका हुन् । उनले विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण बेला बेलामा विद्युत जाने समस्या भएको स्पष्ट पनि पारे ।