January 22, 2021
6:43 PM | 12:28 AM
ताजा खबर

बाक्लो हुस्सु र कुहिरोका कारण देशका कतिपय ठाउँमा हवाई सेवा प्रभावित

  14/01/2021 मा प्रकाशित

विराटनगर । केही दिनयता बाक्लो हुस्सु र कुहिरोका कारण देशका कतिपय ठाउँमा हवाई सेवाहरु प्रभावित भएका छन् । विमानस्थल खुल्दै नखुल्ने मात्र होइन ढिलो खुल्ने र छिटो बन्द हुनाले समेत हवाई उडानहरु अवरुद्ध हुने गरेका हुन् ।

मौसमका कारण प्लेन रद्द भएपछि अहिले हवाई यात्रुहरु सडक यात्रा रोज्न बाध्य भएका छन् । मौसम कै कारण हिजो पनि यस मौसमको दोश्रो चोटी विराटनगर विमानस्थल नखुल्दा सबै हवाई उडान र अवतरण रद्द भएको छ ।

मौसमका कारण यस वर्षसोमवार पहिलो पटक सबै हवाई उडान अवरुद्ध भएको थियो । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ ।

तर हिजो भिजिबिलिटी ७ सय मिटर र सिलिङ १ हजार ५ सय मिटर मात्र रहेकेा यति एयरलाइन्सका स्टेशन मेनेजर प्रेम कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया