८ बैशाख २०८१, शनिबार
Follow Us

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

नेपालब्रिटेन संवाददाता
१ माघ २०७७, बिहीबार ०४:०३

बार्सिलोना । रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । थप ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई वटा प्रहार बचाउँदै टोलीलाई फाइनलमा पु¥याए । बार्सिलोनाले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र रियाल मड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

बार्सिलोना समग्रमा १४ औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने लक्ष्यमा रहेको छ । साविक विजेता रियाल माड्रिडले ११ पटक स्पेनिस सुपर कप जितेको छ ।