१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए विशेष अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री गर्ने निश्चित, २६ सय प्रतिनिधी दर्ता

नेपालब्रिटेन डट कम्
१ माघ २०७७, बिहीबार १०:३९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विषेश अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने निश्चित भएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्री केसीका अनुसार ज्ञवालीले जनवरी २३ र २४ तारिख हुने विषेश अधिवेशनको उद्धघाटन बिहान ११ बजे गर्ने भएका हुन् । परराष्ट्रमन्त्रीले सो अधिवेशनको उद्धघाटन गर्ने जानकारी औपचारिक रुपमा संघलाई गराई सकेको छ ।

संघका अनुसार गत आइतवार सम्म विश्वभरका करिब ५५ देशका करिब २६ सय ३८ जना प्रतिनिधीले सो अधिवेशनमा भाग लिन आआफ्नो नाम दर्ता गरेका छन् ।

सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ । अधिवेशनमा भाग लिन संघका पूर्वअध्यक्षहरुले समेत नाम दर्ता गरि सकेका छन् ।