६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरी हिरासतमा एक युवकको मृत्यु भएपछि बेल्जियममा हिंसात्मक प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१ माघ २०७७, बिहीबार १३:४२

प्रहरी हिरासतमा एक युवकको मृत्यु भएको घटनाको विरोधमा बेल्जियमको राजधानी ब्रसेल्समा हिंसात्मक प्रदर्शन भएको छ । २३ वर्षीय एक युवकको मृत्यु भएको विरोधमा राजा फिलिपको गाडीमा समेत आक्रमण भएको छ । आक्रमण हुँदा उक्त गाडी ब्रसेल्सबाट राजदरबारतिर फर्किरहेको थियो ।

राजा फिलिपको गाडीलाई दङ्गाग्रस्त क्षेत्रमा प्रहरीहरूले सुरक्षा दिएका थिए । प्रदर्शनकारीहरूले एउटा प्रहरी कार्यालयमा आगो लगाइदिएको बताइएको छ । उनीहरूले सडकमा तोडफोड पनि गरेका थिए । घटनामा चार प्रहरी घाइते भएको केही मानिसलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन ।

गत शनिवार प्रहरीले पक्राउ गरेका एक युवकको हिरासतमै मृत्यु भएपछि मानिसहरू आक्रोशित भएका हुन । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरी हिरासतमा मृत्यु हुने व्यक्तिको नाम इब्राहिम बी रहेको जनाइएको छ ।