११ बैशाख २०८१, मंगलवार
Follow Us

थप ४०३ मा संक्रमण ६ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१ माघ २०७७, बिहीबार १३:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ३२ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ४०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ। देशभर ४ हजार ४ सय २६ सक्रिय संक्रमित रहेका छन्।