१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आजदेखि एक बैंकको कार्ड अर्का एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने

नेपालब्रिटेन संवाददाता
१ माघ २०७७, बिहीबार १३:४६

काठमाडौं । अन्तरबैंक एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने भएको हो । नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् ।

महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ । राष्ट्र बैंकले शुल्क लिन पाउने व्यवस्था गरे पनि केही बैंकहरुले भने सेवामा शुल्क नलिने तयारी गरेका छन् ।