७ बैशाख २०८१, शुक्रबार
Follow Us

बाग्लुङ एमालेमा ओलीपक्षको पत्तासाप (कसको कति मत)

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार १०:३८

बाग्लुङ – नेकपा एमाले बाग्लुङको अध्यक्षमा माधव नेपाल पक्षधर इन्द्रलाल सापकोटा ठूलो मत अन्तरले निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनमा सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भए पनि गुटका कारण असफल भएको थियो । निर्वाचनमा सापकोटाले प्रतिद्वन्द्वी सांसद नरबहादुर थापाले भन्दा २३५ मत बढि ल्याएर विजयी भएका हुन् ।

बुधबार बिहान सकिएको मतगणना परिणाम अनुसार सापकोटाले ३८८ र ओली पक्षधर नरबहादुर थापाले १५३ मत प्राप्त गरेका छन् । अधिवेशन उद्घाटन गर्न यहाँ आएको एमाले अध्यक्ष केपि शर्मा ओलीले गुटबन्दी नगर्न निर्देशन दिए पनि यहाँका एमाले नेताहरुले दुई गुटको प्यानल नै बनाएर निर्वाचन लडेका थिए । अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरुमा पनि अधिकांस माधव नेपाल समूह विजयी भएको छ ।

उपाध्यक्षमा कृष्ण पाठक, सचिवमा लालबहादुर थापा र उपसचिवमा विष्णु भुषाल विजयी भएका छन् । उनीहरु सबै माधव नेपाल पक्षधर भएको एमाले कार्यकर्ता बताउँछन् । उपाध्यक्षमा ३ सय १८ मत लिएर कृष्ण पाठक बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी टंकप्रसाद पौडेलले २ सय ३२ मत प्राप्त गरेका छन् । सचिवमा लालबहादुर थापाले ३ सय ८६ मत प्राप्त गरे भने प्रतिस्पर्धी धुव्रबहादुर केसीले १ सय ४५ मत प्राप्त गरे ।

उपसचिवमा बिष्णु भुषाल ३ सय १० मतका साथ बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामबहादुर जिसीले १ सय ७३ र नेत्रबहादुर बिष्टले ४९ मत प्राप्त गरेका थिए । जिल्ल निर्वाचन कमिटीको अध्यक्षमा बिष्णुप्रसाद शर्माले जम्मा १ मतले पराजित गरेका छन् । शर्माले २ सय ३७ र प्रत्यासी कृष्णराज शर्माले २ सय ३६ मत प्राप्त गरे ।

लेखा समितिको सचिवमा पूर्ण परियारले २ सय ६७ र प्रतिस्पर्धी शोकेन्द्र थापाले १ सय ९९ मत पाएका छन् । लेखा सदस्यमा गगां गुरुङ, खिमबहादुर कार्की, सुनिता पुरी, खगेन्द्रप्रसाद शर्मा चयन भए । ९ जिल्ला सदस्यमा खुल्ला तर्फ केबी राना मगर २७६, धनबहादुर परियार २६३, गणेश थापा २४२, डिल्लीराज गौतम २३४, गाविन्द गौतम १९९, ऋतुवर्ण पौडेल १८२, भूपाल चालिसे १८० मत प्राप्त गरी विजयी भएका छन् । इलाका सदस्य तर्फ क्षेत्र नम्बर १ बाट भरत पुरी, २ बाट दिपक गौतम, ३ बाट प्रेम लामिछाने, ११ बाट तिर्थमणी भुषाल भए । ७ महिला सदस्य खुल्लामा सावित्रा राना, यमुना राना, शान्ति आधिकारी, गगांकुमारी शर्मा, हुमाकुमारी जिसी अञ्जु, कल्पना शर्मा र कोपिला खरेल सापकोटा निर्वाचित भए । जनजाति महिलामा करमति पुन, मञ्जु श्रीस, कोपिला पुन र ख्यामकुमारी राना तथा निर्वाचन क्षेत्र नम्बर २ बाट महिला सदस्यमा सरस्वती परियार र पवित्रा रोका निर्वाचित भएका छन् ।

यसैगरी, जिल्ला सदस्य जनजातितर्फ लिलबहादुर श्रीस, केशर छन्त्याल, अमरबहादुर थापा, सम्पन्न श्रेष्ठ, डम्बर श्रीस तथा अल्पसंख्यकबाट मोहम्मद हुसेन विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलवार मतदान भएको थियो । जिल्ला भरबाट ६ सय ६ जना प्रतिनिधि सहभागी अधिवेसनमा जम्मा ५ सय ७९ मत खसेको थियो ।

पदाधिकारी सहित खुल्ला, भुगोल र समावेशी गरी ५५ जना जिल्ला सदस्यका लागि १ सय ३७ जनाको उम्मेदवारी परेको थियो । जस मध्ये इलाका नम्बर ४ बाट सञ्जयकुमार श्रेष्ठ, ५ बाट राजु केसी, ६ बाट बद्रि ढुंगाना, ७ बाट होमनाथ सापकोटा, ८ बाट गुञ्जबहादुर थापा, ९ बाट यामबहादुर थापा श्रीस, १० बाट लालविर लोप्चन, १२ बाट उदिमबहादुर छन्त्याल, १३ मा रुद्रप्रसाद पौडेल, भुगोल सदस्य ढोरपाटन बिशेष हरिबहादुर घर्ती, बरेङ विशेष धनेश्वर पौडेल सर्वसम्मत चयन भएका छन् ।

दलित महिला तर्फ नरी नेपाली र सुजाता घमाल नेपाली चयन भएकी छिन् । दलित जिल्ला सदस्य तर्फ चार सदस्यमा टकबहादुर बोहरा, प्रेमबहादुर परियार, बिरबहादुर बिक र सुरेश बिक चयन भएका छन् । जिल्ला निर्वाचन चार सदस्यमा कविन्द्रप्रसाद सापकोटा, गुणनिधि घिमिरे, गोविन्दबहादुर खड्का, लक्ष्मण सुनार चयन हुनभएको छ भने लेखा समितिको अध्यक्षमा बाबुराज कार्की अध्यक्ष र कुमार खड्का उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । मजदुर सदस्यमा टकराज सुवेदी चयन भएको निर्वाचन समितिले जनाएको छ