१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाबाट प्रभावितका लागि बाइडेनले घोषणा गरे १९ खर्बको राहत प्याकेज

नेपालब्रिटेन संवाददाता
२ माघ २०७७, शुक्रबार ०५:२२

न्युयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले कोरोना भाइरस संक्रमण प्रभावितका लागि १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेका छन् । जनताको नाममा सम्बोधन गर्दै उनले ठूलो कोरोना राहत प्याकेज घोषणा गरेका हुन् । राहत प्याकेजलाई अनुदान र कोरोना रोकथाम तथा नियन्त्रण गरि दुई भागमा विभाजित गरिएको छ ।

कार्यक्रममा सिधै नगद भुक्तानी, बेरोजगारी भत्ता प्रदान, भाडा राहत, खाद्य सहायता, साना व्यावसायीका लागि राहत लगायतका विषय समेटिएका छन् । कार्यक्रम अन्तर्गत रहेक अमेरिकी परिवारलाई २ हजार डलर प्रदान गरिनेछ । बाइडेनले घोषणा गरेको यो प्रस्ताव संसदबाट पारित हुन भने बाँकी छ ।

अमेरिकामा दोस्रो लहरको कोरोना संक्रमण देखिएको छ । एक सातादेखि दैनिक दुई लाख भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । दैनिक सरदर चार हजारको मृत्यु भैरहेको छ । कोरोनाबाट अमेरिकामा ३ लाख ९८ हजारको मृत्यु भैसकेको छ । २ करोड ३८ लाख ४८ हजारभन्दा धेरै संक्रमित भएका छन् ।