१५ चैत्र २०८०, बिहीबार
Follow Us

आर्सनलको विजयी यात्रा रोकियो

नेपालब्रिटेन संवाददाता
२ माघ २०७७, शुक्रबार ०५:३०

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको जितको यात्रा रोकिएको छ । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित निकालेको आर्सनललाई गएराति भएको प्रिमियर लिगको खेलमा क्रिष्टल प्यालेसले बराबरीमा रोकेको हो ।

आर्सनलको मैदानमा भएको लण्डन डर्बी गोलरहित बराबरीमा टुंगिएपछि दुवै टोलीले अंक बाँडे । यो बराबरीपछि आर्सनल १८ खेलबाट २४ अंक जोड्दै तालिकाको ११ औं स्थानमै अडिएको छ ।

२३ अंकका साथ क्रिष्टल प्यालेस १३ औं स्थानमा छ । १७ खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शिर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।