१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२ माघ २०७७, शुक्रबार ०५:३४

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ। बैठक बिहान ११ बजेपछि कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुनेछ।

यसअघि माघ २३ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । संसद विघटनविरुद्धको आन्दोलनलाई अझ प्रभावकारी र शसक्त बनाउने नेकपाको योजना छ । आजको बैठकमा संसद विघटन विरुद्ध आन्दोलनका थप कार्यक्रमहरु ल्याउने बारे पनि छलफल हुने बताइएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि दाहाल–नेपाल समुह लगातार आन्दोलनमा उत्रिएको छ ।