१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ओलीले स्वीकारिसके : पौडेल

नेपालब्रिटेन संवाददाता
२ माघ २०७७, शुक्रबार १०:०७

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर आफूले असंवैधानिक काम गरेको कबुल गरिसेकेको दावी गरेका छन ।

शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नो कदम संवैधानिक नभइ राजनीतिक भएको स्वीकार गरिसकेको बताएका हुन । नेता पौडेलले प्रधानमन्त्रीको कदमले देशलाई अन्धकारतिर लगेको र संविधानमा क्षति पु-याएको दावी पनि गरेका छन ।

प्रतिनिधि सभा विघटनको निर्णय नसच्याएमा अनर्थ हुने पौडेलको भनाइ छ । प्रधानमन्त्रीको कदम देशलाई राजनीतिक भूमरी र संकटमा धकेल्ने प्रपञ्च भएका कारण डटेर विरोध गर्नु पर्ने पनि उनले उल्लेख गरेका छन ।

नेता पौडेलले जनताको आवाजलाई अदालतले सुन्नुपर्ने पनि बताएका छन । देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने प्रधानमन्त्री ओलीको प्रपञ्च विरुद्ध जनताले डटेर विरोध गरे त्यो आवाज अदालतले पनि सुन्ने उनको जिकिर छ ।