१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल–भारत पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी

नेपालब्रिटेन संवाददाता
२ माघ २०७७, शुक्रबार १०:०८

काठमाडौं । भारतको पटना–मोतिहारी हुँदै नेपालको अमलेखगन्ज जोडिने पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । पटना–सिवान–मोतीहारी हुँदै नेपाल आउने पाइपलाइन फुटाएर डिजेल चोरी भएको खुलेको हो । भारतीय पत्रिका नवभारत टाइम्सल बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना भएको उल्लेख गरेको छ । भारतीय अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजल चोरी भएको आशंका गरेका छन् ।

खेतमा डिजल बगेपछि चोरीको रहस्य बाहिर आएको हो । मुख्य पाइपलाइनमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको देखिएको छ । करिब चार फीट तलको फाइपलाइनमा सानो पाइप जोडेर डिजल चोरी गरिएको फोटो समेत पत्रिकाले प्रकाशित गरेको छ । पाइपलाइनको भदौ २४ गते उद्घाटन गरिएको थियो ।

यो दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो । नेपालले हाल सोही पाइपलाइन हुँदै भारतीय आयल निगमबाट डिजेल आयात गरिरहेको छ ।