६ बैशाख २०८१, बिहीबार
Follow Us

भोलिको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपिल

नेपालब्रिटेन संवाददाता
२ माघ २०७७, शुक्रबार १०:१०

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध काँग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ ।

पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ ।