१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाइ संवैधानिक इजलासमै

नेपालब्रिटेन संवाददाता
२ माघ २०७७, शुक्रबार १३:२७

काठमाडौ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ।संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे विवाद भएकै बेला सर्वोच्चले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासबाटै हुने जनाएको छ । रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । तर रिट निवेदकको मागलाई सर्बोच्च अदालतले अश्वीकार गर्दै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो ।