१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइन्छ: अर्थमन्त्री पौडेल

नेपालब्रिटेन संवाददाता
३ माघ २०७७, शनिबार १२:१८

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना विरुद्दको खोप छिटो उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई खोप निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्री पौडेलले जानकारी दिए । मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्र्तराष्ट्रिय दातृ निकायहरुले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे ।

उनले देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल गर्ने नगरिएको स्पष्ट पनि स्पष्ट पारे । फरक प्रसंगमा मन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरे ।

नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको उनको दावी छ । संसद विघटनको विषय अदालतकोमा विचाराधिन सर्वोच्चको फैसलालाई सरकारले सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले स्पष्ट पारे ।