१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओलीले देशमा अशान्ति फैलाए : माधव नेपाल

नेपालब्रिटेन संवाददाता
३ माघ २०७७, शनिबार १२:२१

दाङ । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अशान्ति फैलाएको आरोप लगाएका छन् । दाङको घोराहीमा शनिवार पत्रकारहरुसँग कुरा गर्दै उनले बहुमतप्राप्त सरकार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको बताएका हुन् ।

नेपालले पुष्पकमल दाहाल जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको बताए । अध्यक्ष नेपालले आफुहरु नै आधिकारिक नेकपा भएको दावी गर्दै ओलीले नेतृत्व गरेको नेकपा गुट मात्रै रहेको पनि बताए ।

सरकारको असंबैधानिक कदमको कांग्रेस लगायतका दलसँग सहकार्य गरेर सशक्त विरोध गरिने अध्यक्ष नेपालको भनाइ छ । दाहाल–नेपाल पक्षीय नेकपाले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षणमा भाग लिन नेपाल दाङ पुगेका हुन् ।