१६ चैत्र २०८०, शुक्रबार
Follow Us

२४० जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ माघ २०७७, शनिबार १२:२६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको हो। हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ। कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ७७ जना निको भएर फर्किएका छन् । कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ।