१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन विशेष अधिवेशन : पदाधिकारी र विधान समितिबीच छलफल


३ माघ २०७७, शनिबार १४:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को शनिबार बसेको पदाधिकारी बैठकमा संघको प्रस्तावित संसोधित बिधानमा छलफल भएको छ ।

जनवरी महिनाको अन्तिम साता संघले आयोजना गर्न लागेको विशेष केन्द्रिय महाधिवेशनमा प्रस्तुत हुने विधानमा संघका पदाधिकारी र विधान समितिबीच छलफल भएको हो ।

केन्द्रीय महाधिवेशनमा प्रश्तुत गरिने एजेन्डाबारे सहमति गरेर आगामी बुधबार बस्न लागेको अन्तराष्ट्रिय परिषदको बैठकमा पठाउने उद्देश्यले शनिबार पदाधिकारी बैठक बोलाइएको हो ।

बिधान समितिका उपसंयोजक गंगाधार गौतमका अनुसार बैठकमा सहभागी पदाधिकारीहरुद्धारा प्रस्तुत सुझावका आधारमा विधान समितिले आफ्नो प्रतिवेदन संघको केन्द्रीय नेतृत्व समक्ष पेश गर्ने छ ।

विधान समितिका संयोजक भूषण घिमिरेको संयोजत्वमा सम्पन्न बैठकमा अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामा, रविना थापा, महासचिव डा हेम राज शर्मा लगायत संघका दुई दर्जन पदाधिकारीको उपस्थिती थियो ।

संघले महाधिवेशनमा भाग लिने नयाँ डेलिगेट्स सहित प्रतिनिधिहरुको नाम सार्वजनिक गरेको छ ।

गत अक्टोबर २०१९ मा संस्थाको आर्थिक प्रतिवेदन पारित नगरिकनै काठमाडौँमा नवौं विश्व सम्मेलन सम्पन्न भएको थियो। सो प्रतिवेदन समेत विशेष अधिवेशनमा प्रस्तुत हुने बताएको छ ।

विश्व सम्मेलन सकिएको १५ महिना पछि कोरोना महामारीका संघमा पुर्नरसंचनाको काम अघि बढाएको प्रति विश्वभर छरिएका राष्ट्रिय समितिले उत्साहजनक रुपमा महाधिवेशनमा भाग लिन थालेका छन् ।

हाल सम्म ५५ देशमा २६ सय भन्दा बढी प्रतिनिधीहरुले आआफ्नो नाम दर्ता गरेका छन् । संघको महाधिवेशन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्धघाटन गर्ने तय गरिएको छ ।