१३ बैशाख २०८१, बिहीबार
Follow Us

फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार ११:४१

चिरन शर्मा । लन्डन । बेलायतको बर्मिघममा फुटबल खेलिरहेका एक नेपाली युवाको मृत्यु भएको छ । मंगलवार साथीहरुसँग फुटबल खेल्दाखेल्दै २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो । स्थानीय समाजसेवी नवीन सापकोटाका अनुसार फुटवल खेल्दै गरेको बेला अचानक ढलेपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो । बाग्लुङको गलकोट घर भएका भण्डारी आफ्ना बुवाआमासँगै बस्दै आएका थिए । उनको शव स्थानीय स्यान्डबेल वेष्टर्बमवीच हस्पिटलमा राखिएको छ । भण्डारीको निधनले त्यहाँस्थित नेपाली समूदाय स्तब्ध भएका छन् ।