८ बैशाख २०८१, शनिबार
Follow Us

मधेश आन्दोलनको १४ वर्ष पूरा

नेपालब्रिटेन संवाददाता
५ माघ २०७७, सोमबार ०३:३१

काठमाडौं । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज प्रदेश नम्बर दुईमा बलिदानी दिवस मनाइँदैछ । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

दिवसको अवसरमा औपचारिक कार्यक्रम समेत आयोजना गरिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ ।

२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएर आन्दोलन शुरु गरेका थिए । लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको मृत्यु भएपछि मधेशमा आन्दोलन चर्किएको थियो ।

आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मधेसी मोर्चासँग सम्झौता गरेको थियो ।

सम्झौतापछि र नयाँ संविधान जारी गरेपछिपनि मधेशमा संविधान संशोधनबारेमा थुप्रै पटक आन्दोलन भएका छन् । मधेश केन्द्रित दलले संविधानमा आफ्ना अधिकार र माग अझै नसमेटिएको बताउँदै आएका छन् ।