८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायती कोरोना भाइरस नेपाल पस्यो

नेपालब्रिटेन संवाददाता
५ माघ २०७७, सोमबार ०९:२४

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।

हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो । सोमबार ती नमुनाको रिपोर्ट आएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन । केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप ( कोरोनाभाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको बिरूद्धमा प्रभावकारी हुने देखाएको हो ।