१३ बैशाख २०८१, बिहीबार
Follow Us

लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त

नेपालब्रिटेन संवाददाता
५ माघ २०७७, सोमबार १०:४३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालको आवासीय राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरिएको जानकारी दिएको छ ।