१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः स-यो

नेपालब्रिटेन संवाददाता
५ माघ २०७७, सोमबार १२:१२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ । भोलि माघ ६ गतेका लागि तय भएको बैठक १३ गतेका लागि सरेको हो । त्यसभन्दा अघि पुस २७ गतेका लागि बैठक तोकिएको थियो ।

पुस ७ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रतिनिधिसभा विघटनपछि पार्टीले लिनुपर्ने रणनीतिका बारेमा छलफल जारी छ ।

केन्द्रीय समितिमा छलफल जारी रहँदै कांग्रेसले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक कदम भनेको छ । पार्टीले दोस्रो चरणको आन्दोलल गरिरहेको छ । आन्दोलतअन्तर्गत माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन हुँदैछ ।