१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मुख्यमन्त्रीकै विवाह गैर कानूनी !

नेपालब्रिटेन डट कम्
६ माघ २०७७, मंगलवार ०३:३५

काठमाडौं । अनमेल विवाहलाई कानूनले बर्जित गरेको छ । तर नेपाली राजनीतिका जिम्मेवार व्यक्तिहरूले विभिन्न समयमा यस्तो विवाह गरेका इतिहास छन् । विक्रम संवत् १९९२ मा जन्मिएका कम्युनिस्ट नेता मोहनविक्रम सिंहले आफूभन्दा ३६ वर्ष कम उमेरकी दुर्गा पौडेललाई कान्छी बनाएर भित्र्याएका थिए । ८५ वर्षमा हिँडिरहेका वयोवृद्ध नेता सिंहको दाम्पत्य जीवन अहिले उनै पौडेलसँग बितिरहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा पनि उमेर अन्तर बढी भएका दम्पतीका रूपमा चिनिन्छन् । २०४९ मा बैबाहिक बन्धनमा बाधिँदा देउवाको उमेर ४५ र राणाको ३० वर्ष थियो ।

२०२७ फागुन ११ गते जन्मिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि ५० वर्षको उमेरमा बैबाहिक बन्धनमा बाँधिंदै छन् । २०७७ माघ ११ गते राईले आफूभन्दा २७ वर्षले कान्छी जाङ्मु शेर्पा(२३)सँग लगन गाँठो कस्ने तयारी गर्दैछन् । मोडलिङ क्षेत्रमा सक्रिय शेर्पासँग मुख्यमन्त्री शेर्पा केही समयदेखि प्रेममा रहेको र त्यसलाई विवाहमा परिणत गर्न लागेको बताइएको छ ।

राईले जीवनको ५० वर्षमा विवाहको तयारी भव्य ढंगले गरिरहेका छन् । पार्टी विभाजनपछि उनको कुर्सी संकटमा पर्नै लागे पनि जीवनको नया“ अनुभूति राई गर्दैछन् । तर विवाह गर्ने औसत उमेरको नेटो कटाएर विवाह गर्न लागे पनि उनीमाथि नैतिक प्रश्न खडा भएको छ ।

उनको विवाहलाई कानूनी कोणबाट प्रश्न उठाइएको छ । हुन पनि नेपालको कानूनले अनमेल विवाहलाई बर्जित गरेको छ । तर अरू नागरिकलाई कानून कार्यान्वयनका लागि सचेत पार्नुपर्ने मुख्यमन्त्री राई आफैं गलत बाटोमा हि“डेका छन् ।

यद्यपि, २० वर्ष पुगेपछि युवती विवाहका लागि योग्य हुने भएकाले केटाको उमेरले त्यति अर्थ नराख्ने तर्क पनि एक थरीले गर्ने गरेका छन् । तैपनि, लामो समय एक युवतीका कारण हैरानी खेपेका राईलाई विवाहपछि पनि यो पेचिलो कानूनी प्रश्नले भने लखेटिरहने देखिएको छ । ( साँघु साप्ताहिक, २०७७ माघ ५ गते)