१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गुजरातमा फुटपाथमा सुतेका १३ मजुदरको ट्रकले किचेर मृत्यु

नेपालब्रिटेन संवाददाता
६ माघ २०७७, मंगलवार ०४:५८

नयाँदिल्ली । भारतको गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । १२ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको हो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू सुतेको स्थानमा ट्रक कुदेको हो । दुर्घटनामा घाइते भएका सात जनालाई अस्पताल लगिएको छ । प्रहरीले ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।