१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आर्सनलले न्युक्यासललाई ३-० ले हरायो

नेपालब्रिटेन संवाददाता
६ माघ २०७७, मंगलवार ०५:०३

लन्डन । इङलिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासल युनाईटेडलाई पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले युनाईटेडलाई तीन–शुन्य गोल अन्तरले हराएको छ ।

उसका लागि पिएरे एम्रिक औबामियाङले दुई तथा बकायो साकाले एक गोल गरे । जितसँगै आर्सनल १९ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ ।

१८ खेलबाट १९ अंक जोडेको न्युकासल १५ औं स्थानमा रहेको छ । लिगमा १८ खेलबाट ३७ अंक जोडेको म्यान्चेस्टर युनाईटेड शिर्ष स्थानमा छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३५ अंकसहित दोस्रो स्थानमा छ । लेष्टर सिटीको समान ३५ अंक सहित तेस्रो र लिभरपुल ३४ अंकसहित चौथो स्थानमा रहेको छ ।