१२ बैशाख २०८१, बुधबार
Follow Us

एक साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्न तीन दल सहमत

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार १२:२५

काठमाडौं । प्रमुख तीन दल एक साता भित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको प्रमुख तीन दलको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच कानूनी र प्रक्रियागत समस्या टुग्याएर छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको हो । पहिले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्न सकारात्मक भएका दलहरु अव भने स्थानीय निकाय पुनः संरचना आयोगको प्रतिवेदनका आधारमा स्थानीय तहको चुनाव गर्न सहमत भएका हुन ।
संबिधान संसोधन प्रस्ताव अघि बढाउने विषयमा भने दलहरुबीच सहमति जुटन सकेन । सत्तारुढ दलले संबिधान संसोधन र निर्वाचन सम्वन्धी प्रस्ताव एकैसाथ बढाउन गरेको प्रस्ताव एमालेले अस्विकार गरेपछि सहमति जुटन नसकेको हो ।
संसोधनमा सहमति नजुटेपनि निर्वाचन र संसोधनमा देखिएका असहमति टुग्याउनका लागि छलफल निरन्तर गर्न दलहरु तयार भएका छन । राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले आव्हान गरेको बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सम्बन्धी विधेयक एकै साथ अघि बढाउन सत्तारुढ र तराइ केन्द्रित दलका नेताहरु तयार भएपछि एमालेसँग छलफल भएको हो । हिजो भएको सत्ता साझेदारको बैठकले निर्वाचन र संसोधन विधयेक अघि बढाउनका लागि सत्तारुढ दल र तराइ केन्द्रित दलका नेताहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाउने प्रयास जारी राख्ने सहमति गरेका थिए । विपक्षी दलहरुले संविधान संशोधन विधेयकको विरोध थप चर्काउने घोषणा गरिसकेको अवस्थामा सत्ताधारी दल तथा तराइ केन्द्रित दल संसद खुलाउन संवादको रणनीतिमा लागेका हुन् ।