८ बैशाख २०८१, शनिबार
Follow Us

मोरङमा स्कुल बस दुर्घटना हुँदा ५ जना घाइते

नेपालब्रिटेन संवाददाता
६ माघ २०७७, मंगलवार ०५:०४

विराटनगर । मोरङ सुनवर्सी नगरपालिका ९ स्थित भेडुवाथानमा स्कुल बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । विराटनगर उर्लाबारी सडकखण्ड अन्तर्गत भेडुवाथान नजिकै डाइनियाबाट रंगेलीतर्फ विधार्थी लिई आउँदै गरेको बा २ ख ४५८ नम्बरको मेरिलेण्ड कलेज विराटनगरको कलेज बस आफैं अनियन्त्रित भई पल्टिएको हो ।

बसमा सवार रतुवामाई ३ बस्ने १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया शार्दा भट्टराई, १६ वर्षीया मनिषा राजवंशी, १६ वर्षीया निसा ताजपुरिया र १६ वर्षीय विशाल कुमार मण्डल घाइते भएका छन् ।

घाइतेहरुलाई मकालु अस्पताल विराटनगर तर्फ उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । बस चालक रतुवामाई नपा ६ बस्ने वर्ष ३१ को धर्मेन्द्र बर्मा ईलाका प्रहरी कार्यलय रंगेलीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।