७ बैशाख २०८१, शुक्रबार
Follow Us

जर्बजस्ती निर्वाचन स्वीकार गरिदैन : ठाकुर

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार १२:२८

काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म सरकारलाई सहयोग नगर्ने चेतावनी दिएका छन् । राजधानीमा बुधबार आयोजित तराई मधेश लोकतान्त्रिक पार्टीको नवौं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले पूर्व सहमति अनुसार संविधान संसोधन नभए सरकारलाई असहयोग गर्ने बताएका हुन । अध्यक्ष ठाकूरले संशोधनलाई वेवस्ता गरेर जर्वजस्ती निर्वाचनमा जाने कुरा मधेस केन्द्रित दललाई स्विकार्य नहुने पनि बताए ।
प्रमुख दलहरु एक हातमा बन्दुक र अर्को हातमा संविधान बोकेर मधेसतिर झर्न लागेको भन्दै त्यसले निर्वाचनको वातावरण विथोल्ने उनको भनाइ थियो । ठाकुरले सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी मधेसलाई धोका दिन थालेको आरोप लगाए । मधेस गएका बेला माओवादी मधेस चाहिन्छ भन्ने माओवादी नेताले सरकारमा पुगेपछि धोका दिने गरेको गुनासो पनि गरे ।